Recent Training

Top job agency in Nepal,Hotel Training in Nepal,Best manpower agency in Nepal,Job Recurrent agency in Nepal

धर्मदेवीले इटहरीमा सीपमुलक तालिम दिने
सुनसरी । काठमाडौंमा कार्यालय रहेको धर्मदेवी टेनिङ एण्ड जब प्रा. लि.ले प्रदेश १ को इटहरीमा सीपमुलक तालिम दिने भएको छ । प्रालिले काठमाडौंमा विभिन्न विषयमा तालिम प्रदान गर्दै आएपनि पूर्वमा भने पहिलो पटक दिन लागेको हो ।
बेरोजगार युवाहरुलाई सीप सिकाई स्वदेसमै स्वरोजगार बनाउने उद्देश्यले तालिम गर्न लागिएको प्रा.लिका प्रबन्ध निर्देश काजी कार्कीले बताए । उनका अनुसार प्रा.लिले फाल्गुनमा तालिम दिने तयारी गरेको छ । सिलाईकटाइ, मोटर, पंखा बनाउने, गुडिया बनाउने, रेफ्रिजेरेटर,फ्रिज बनाउने, ब्युटिसियन, हाउस वाइरिङ, कम्प्युटर, ल्यापटप तथा मोबाइल बनाउनेलगायतका तालिम प्रदान गर्ने प्रा.लिले जनाएको छ ।
काठमाडौंमा मूख्य कार्यालय रहेको धर्मदेविले स्वदेशमा युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न रोजगारमुलक तालिम दिँदै आएको छ । तालिम सँगै धेरैलाई रोजगारी समेत प्रदान गरिसकेको छ । काठमाडौं कार्यालयबाट तालिम लिनेहरुमध्ये धेरै युवाले आफै व्यवसाय सुरु गरी राम्रो आम्दानी गरिरहेको प्रमुख कार्कीैको भनाई छ ।
देशका विभिन्न ठाउँका बेरोजगार युवालाई सीपमुलक तालिम दिने योजना रहेको कार्की बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *